तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीसंग आफ्नो भवन नहुँदा समस्या


बैतडी । बैतडीमा रहेको सशस्त्र प्रहरीसंग आफ्नो भवन नहुँदा समस्या भएको छ । ३ बर्ष अगाडी स्थापना भएको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीलाई आफ्नो भवन नहुँदा समस्या भएको हो ।

सशस्त्रको गुल्म हाल अस्थाई रुपमा सहकारी डिभिजन कार्यालयको भवनमा बसिरहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायव उपरिक्षक अमित सिंहले बताउनुभयो । जग्गा प्राप्त नहुँदा आफ्नो भवन निर्माण गर्न नसकिएको बताउनुभयो ।

दशरथचन्द नगरपालिकालाई जग्गाको लागि अनुरोध गरिएको भएपनि हालसम्म पनि उपलब्ध हुन नसकेको हो । सशस्त्र गुल्मको लागि कम्तिमा पनि १५ रोपनी जमिन आवश्यक पर्ने भएपनि हाल सहकारी डिभिजन कार्यालयको २ रोपनी १३ आनामा बस्न बाध्य भएको छ । बस्नको लागि ठाउँ अभाव हुँदा तालिम लगायतका कामकाजमा समस्या हुने गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक सिंहको भनाई छ ।

वि.स. २०७५ सालमा स्थापना भएको गुल्ममा हाल १५० जना सशस्त्र प्रहरी कार्यरत रहेका छन् । यस्तै जग्गा प्राप्त नहुँदा गत जेठ १० गते झुलाघाटमा स्थापना भएको बिओपी पनि भाडाकै भवनमा बसिरहेको छ । यसका साथै असार १६ गते पञ्चेश्वरमा स्थापना भएको बिओपीको लागि भने पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा गुल्मको नाममा सिफारिस गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button