तपाईँ सुन्दै हुनुहुन्छः

पानीमा डुबेर दुई बालिकाको ज्यान गयो

बर्दिवास । खाल्डोमा जमेको पानीमा डुबेर महोत्तरीमा दुई बालिकाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको भंगहा नगरपालिका–६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज खातुन रहेको प्रहरीले जनाएको छ ।

खाल्डोमा जमेको वर्षाको पानीमा नुहाउने क्रममा दुबै बालिकाको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश सिवाकोटीले बताउनुभयो ।

मृत्यु भएका दुवै वालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button