तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता चालकको उद्धारको लागी गएको राफ्टीङ बोट दुर्घटना

सिन्धुपाल्चोक  । मेलम्ची खानेपानीको अस्थायी ड्याम भत्केर बगाँउदा बेपत्ता भएका चालकको उद्धारको लागी गएको सशत्र प्रहरी टोली सवार र्याफ्टिङ बोट मेलम्ची नगरपालिका ११ ईन्द्रावती नदीमा दुर्घटना हुँदा ७ जना बेपत्ता भएकोमा ३ जनाको उद्धार गरिएको छ ।

बिहान चालकको उद्धारको लागी निस्किएको टोलि ईन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको ईलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभएको छ ।

एक जना सामान्य घाइतेको मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।अन्यको उद्धार जारि छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button