तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य प्रतितोला ९२हजार पुग्यो

काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ३ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५० रुपैँयाले बढेर ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button