तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा कोरोना संक्रमितको संख्या २ सय ८२

बैतडी । बैतडीमा कोरोना संक्रमितको संख्या २ सय ८२ पुगेको छ । आज थप ७ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या २८२ पुगेको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ८ महिने शिशु सहित थप सात जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । पुर्चौडी नगरपालिकाका ८ महिने शिशु, मेलौली नगरपालिकाका १ महिला र २ पुरुष गरी ३ जना, सिगास गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

संक्रमण पुष्टि भएका सबै नागरिक भारतबाट फर्केका र उनीहरुको आरडीटी रिपोर्ट समेत पोजेटिभ रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएकाहरुलाई छुट्टै आइसोलेसनमा बस्न सुझाव दिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button