तपाईँ सुन्दै हुनुहुन्छः

मिर्चैयामा प्रधानमन्त्रीको पक्षमा प्रदर्शन

लहान । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पार्टी बिबाद रहेको हुनाले पार्टी भित्रै त्यस्को सामाधान खोज्नु पर्ने सिरहाका नेकपा निकटका युवाहरुको बताएका छन् ।

पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री ओलीको समर्थनमा सिरहाको मिर्चैयाका युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, सिरहाको समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारवाद नेपाल छोड’ उत्खनन् गर्नु छ कैयौं खानी, फिर्ता गर्नुछ हाम्रो कालापानी’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।

प्रदर्शनमा सहभागी युवा बैधनाथ ुसाहले पाँच वर्षका लागि जनताले म्याण्डेड दिएर बनेको सरकारलाई बिचमा नै ढलाएर अस्थीरता सिर्जना गर्न खोजिएको भन्दै यसले देशलाई थप द्वन्द्वमा लैजाने बताए । देश कोरोना महामारीको संक्रमण विरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नु पर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button