तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको निस्दी गाउँपालिका बिहानैदेखि खुल्ने

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाको कार्यालय पाँच दिन बिहान ७ः३० बजेदेखि खुल्ने भएको छ ।

असार मसान्त नजिक आउँदै गर्दा गाउँपालिकाद्वारा दिइने सेवालाई प्रभावकारी बनाउन र योजनाहरूको समयमै भुक्तानी तथा फरफारख गर्नको लागि बिहान ७ बजेदेखि नै कार्यालय खुल्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

यही असार १९ गतेबाट २३ गतेसम्म बिहान ७ :३० देखि साँझ ५ः०० बजेसम्म कार्यालय खुल्ला रहने छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण कार्यालय समयमा भिडभाड हुने गरेकोले सेवाग्राहीलाई थप सहज बनाउन र जोखिम कम गर्न कार्यालय समय थप गरिएको गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी खनाल अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button