तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर मृत्यु भएका तीनको सनाखत


पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा सोमबार गएको पहिरोमा गाडी पुरिएर मृत्यु हुनेहरुको सनाखत भएको छ ।

पहिरोले बगाएर मृत्यु हुनेहरु पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार देखि परेको बर्षाका कारण बिस्तार गरिएको सडकमा पहिरो गएको हो । सोमबार बिहानदेखि अवरुद्ध बनेको पाल्पा–गुल्मी सडकखण्ड भने मंगलबार बिहानबाट एकतर्फी सुचारु भएको छ । बर्षा भैरहेकाले पहिरोको जोखिम भने कायम नै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button