तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि

रौतहट । रौतहटमा आज थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ६१ पुगेको छ ।

रौतहटको परोहा नगरपालिकामा आज ४४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटका ल्याब सुपरभाइजर राजन साहका अनुसार परोहा नगरपालिकामा कोरोना भाइरसका सङ्क्रमित थपिएका हुन । भारतबाट रोजगारी गरेर आफ्नो घर फर्केका परोहा नगरपालिकाको क्वारेन्टाईनमा बसेका उनीहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

समुदायमा उनीहरू नगएका कारण कोरोना भाइरसको सङ्क्रमण फैलन पाएका छैनन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा कोरानाका सङ्क्रमित एक सय दुई जना निको भएर घर फर्किसकेका छन् भने अन्य सङ्क्रमितहरूलाई भने जिल्लाकै विभिन्न आइसोलेसन कक्षमा राखी उपचार गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button