तपाईँ सुन्दै हुनुहुन्छः

झापाका ३० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

झापा । झापाका ३० जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनीहरू कोरोनामुक्त भएर घर फर्किएका हुन् ।

शुक्रवार साँझ बिपी प्रतिष्ठानबाट डिस्चार्ज भएका सबै ३० जना झापाका रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो ।

उनीहरूको पछिल्लो कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।

डिस्चार्ज हुने १८ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।

प्रतिष्ठानको आइसोलेसनमा अब ३२ जना सङ्क्रमित उपचाररत छन् । उनीहरूको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button