तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले जेष्ठ १८ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बिहीबार बहुमतले पारित भएको हो ।

नेकपा सांसदहरु नीति तथा कार्यक्रमको पक्षमा रहँदा अन्य दलहरु भने विपक्षमा रहे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले उत्कृष्ट काम गरेको दाबी गर्नुभयो । उहाँले कोरोना भाईरस कोभिड १९ लाई नियन्त्रण गर्न तथा नागरिकको जिवन रक्षाका लागि रातदिन खटिरहेको बताउनुभयो । मुख्यमन्त्रीे गुरुङले आफू शनिबार पनि घरमा नबसेको बताउनुभयो । कोरोनाबाट जनतालाई जोगाउन नीति तथा कार्यक्रमले पहिलो प्राथमिकतामा राखेको र गण्डकीले कोरोना बिरुद्ध लडेने तयारी सबैभन्दा पहिले गरेको दाबी गर्दै प्रदेश सरकारले गरेका कामको चर्चा गर्नुभयो ।

सरकारको नियतबस बिरोध मात्र भईरहेको भन्दै उहाँले कोरोनाको रोकथाम नियन्त्रणको सवालमा प्रदेश सरकारले के कस्ता संरचना निर्माण गर्नुपर्छ भन्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरेको स्पष्ट पार्नुभयो ।

प्रदेशमा हाल २ वटा पिसिआर मेसिन रहेको बताउदै गण्डकी प्रदेश सरकारले थप १ पिसिआर मेसिन खरिद गर्न लागेको जानकारी गराउनु भयो । दैनिक ५ सय नमुना परीक्षण गर्ने क्षमता रहेकोमा नयाँ खरिद गरेपछि दैनिक ७ सय नमुना परीक्षण गर्न सकिने उहाँको भनाई थियो । कोभिडको प्रभावपछि पोखरामा प्रदेश प्रयोगशाला स्थापना भएको भन्दै उहाँले साउनसम्म मुलुकबाहिरबाट ३० हजार मानिसहरु गण्डकी प्रदेशमा आउने अनुमान गरेको बताउनुभयो । ति सबैको पिसिआर टेस्ट गरि व्यवस्थापन गर्ने योजना समेत बनाएको मुख्यमन्त्री गुरुङको भनाई थियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बोल्ने बिपक्षीदलका सांसदहरूले सरकारले काम गर्न नसकेको बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button