तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्षद्वारा गाउँपालिकासम्वद्ध सबैको कोरोना बिमा

मेलम्ची । भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले आफ्नो ब्यक्तिगत खर्चमा गाउँपालिका सँग सम्बन्धित सबैको कोरोना बिमा गरिदिनुभएको छ् । बिश्वब्यापी रूपमा फैलिएको कोरोनाको कारण मुलुक आक्रान्त रहेको बेला गाउँपालिका अध्यक्षले गरेको यो उदाहरणीय कामको चर्चा सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, लगायत ५ वटै वडाका सम्पुर्ण जनप्रतिनिधि, स्वास्थ क्षेत्रका सबै तहका स्वस्थ्यकर्मी, गाउँपालिका तथा सबै वडा कार्यालयमा कार्यरत सबै तहका कर्मचारी को बिमा आफुले गरिदिएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकासँग सम्वद्ध कुल ९२ जनाको १ लाख रकम बराबरको कोरोना बिमा गरिएको हो ।

अध्यक्ष पौडेलका अनुसार बिमालेख भोटेकोसी गाउँपालिका रहने गरि आएइमई जनरल इन्स्योरेन्स लिमिटेडमा एक वर्षका लागि बिमा गरिएको हो । बिमाअवधि २८ मे २०२१ सम्म कायम रहनेछ ।

बिमा कम्पनी आइएमइ जनरल इन्स्योरेन्सका अनुसार कोराना भाइरस (कोभिड(१९) रोग लागेको अवस्थामा र भुक्तानी पाउने व्यक्तिको कानुनी अधिकार प्रमाणित भएमा करारको अवधिमा रही भुक्तानी दिइनेछ ।

बिमा रकम भुक्तानी हुनका लागि व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हुनुपर्नेछ । बिमा कम्पनीका अनुसार यो बाहेक अन्य कम्पनीबाट बिमा गराइएको पाइएमा भने भुक्तानी दिइने छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button