तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक कार्यमा लायन्स क्लबको योगदान महत्वपूर्ण छ:  मुख्यमन्त्री कार्की 

मोरङ/बिराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजसेवामा लायन्स क्लबको योगदान महत्त्वपूर्ण र सराहनीय रहेको बताउनु भएको छ ।

लायन्स क्लब विराटनगर सेन्टरको आज आयोजित पदस्थापना समारोहको शुभारम्भ गर्नुहुँदै उहाँले क्लबले युवाहरूको माध्यमबाट समाजमा रहेका विकृति ,विसङ्गति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले ‘राष्ट्रिय सार्वभौम ,नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप हौसला मिलोस् भन्ने शुभकामना दिनुभयो ’ । 

समाजमा लागु पदार्थ दुर्व्यसनको विकराल समस्याले कतिपय युवाहरूमा त्यसको असर परिरहेकाले कुलतबाट मुक्त गर्न क्लबले लागु औषधि विरुद्धको जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले  जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै लाग्नु पर्नेमा जोड दिनु भयो । 

उहाँले ‘हरेक मानिसलाई आफ्नो , परिवार,समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने दायित्व बुझाउनु आवश्यक रहेको विचार राख्नु भयो ’।

 सो अवसरमा सन् २०२४/0२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो । सेन्टरले विगत २९ वर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरिबलाई न्यानो कपडा वितरण, बाढी पीडितलाई सहयोग उपलब्ध गर्दै समाजसेवामा लागेको निवर्तमान अध्यक्ष बिमल नेपालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button