तपाईँ सुन्दै हुनुहुन्छः

वर्षौंदेखि बाँझो जमिनमा सामुहिक आलुखेती

स्याङ्जा । वर्षौंदेखि बाँझो रहेको जमिनमा सामुहिक आलुखेती शुरु गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाले अनुदानमा विउ, मल दिएपछि किसानहरु बाँझो जग्गालाई हराभरा पार्न जुटेका हुन् ।

कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलूले चिनाएको पहिचानलाई पुन आलुखेती मार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेका हुन् । १५ वर्षपहिलो परम्परागत रुपमा आलुखेती गरिने ठाउँमा युवाहरु बैदेशिक रोजगारीका लागी पलायन भएपछि त्यहाँका स्थानीयले आलुखेती गर्न छाडेका थिए ।

तर अहिले भक्किम्ले, दत्तेलोटे, त्रिवेणी लगायतका स्थानीय ५४ घर परिवारले सामुहिक खेती शुरु गरेका हुन् । पहिलो चरणमा बाँझो रहेको ९० रोपनी क्षेत्रफलमा आलु खेती गर्न पालिकाले ४५०० केजी आलुको विउ कृषलाइ उपलब्ध गराएको थियो ।

माटो परिक्षण गरेर माटो सुहाउने भएपछि पालिकाले आलुको विउ, आवश्यक सिप, प्राविधिक सहयोग दिएपछि किसानहरु आलखेतीमा लागेका हुन् । पालिकाले ५० प्रतिशत अनुदानमा ४५०० केजी आलुको विउ वितरण गरेको गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले बताउनुभयो ।

कृषि उपजको बजारीकरण र ढुवानीको लागी पालिकाले नै व्यवस्था गरिदिने भएपछि किसानको बाँझो जग्गामा आलूले ढकमक्क भएको छ ।

सामुहिक रुपमा आलु खेती सुरु भएसंगै कृषक पनि खुसी भएका छन् । रोजगारको लागी गाँउ देखि बजार झर्नेको सख्यामा बृद्ध भएसंगै गाँउनै खाली हुने अवस्थाको अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने स्थानीयको भनाई छ ।

आलु खेतीले गाँउको विरासत पुन फर्केने रोजगारका लागी बजार पसेका युवाहरु पनि गाँउ फर्केने कृषक मणि रत्न पौड्यलको अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button