तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा उदयपुरका अध्यक्ष आइसोलेसनमा भर्ना

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरका अध्यक्ष विनोद कटुवाल कटारी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।

कोरोना संक्रमित उदयपुरका पत्रकारको सम्पर्कमा रहेका अध्यक्ष कटुवाल आइतबार बिहान आफैं कटारी नगरपालिका– २ गुँरास अस्पतालको आइसोलेसनमा गएका हुन् । उनी शुक्रबार कोरोना पुष्टि भएका २५ वर्षीय पत्रकारसँग सदरमुकाम गाईघाटमा एउटै घरमा बस्दै आएका थिए ।

उनीहरुले भान्सासमेत एउटै प्रयोग गर्दै आएका थिए । अध्यक्ष कटुवालले आफू कोरोना संक्रमित पत्रकारसँग एउटै घरमा बसेको र घुलमिलसमेत भएकाले अस्पतालको आइसोलेसनमा आएको बताएका छन् ।

अस्पतालका सूचना अधिकारी इसराइल राईले अध्यक्ष कटुवाल अब चिकित्सकको प्रत्यक्ष निगरानीमा अस्पतालको आइसोलेसनमै रहने बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button