तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा महोत्तरीको शिवालयहरुमा भक्तजनहरुको घुईचो

जनकपुरधाम । धनुषा तथा महोत्तरी जिल्लामा रहेको शिब मन्दिरहरुमा महाशिबरात्रीको अवसरमा पूँजा अर्चना गर्नेहरुको आज बिहानदेखि नै घुईचो रहेको छ ।

जनकपुरधामको शिब चोकमा रहेको शिब मन्दिर, भूतनाथ मन्दिर, कपिलेश्वरनाथ मन्दिर, कुपेश्वरनाथ मन्दिर, धनुषाधाम मन्दिर, क्षिरेश्वरनाथ मन्दिर, जनकपुरधामको बिहार कुण्डमा रहेको शिव मन्दिरमा पूँजा अर्चनाका लागि भक्तजनहरुको विहान देखि नै लामबद्ध भएर पूजा गरिरहका छन् ।

यसैगरी महोत्तरी जिल्लाको जलेश्वरनाथ मन्दिर, टुटेश्वरनाथ मंन्दिरमा पनि भक्तजनहरुको भिड रहेको छ । खास गरेर विल्लपत्र, फूल, भाङ्ग तथा धतुरो सहित जल अर्पण गर्ने चलन रहेको छ ।

जलेश्वरनाथमा पूँजा अर्चनाका लागि भारतबाट पनि भारी संख्यामा भक्तजनहरु आउने गरेका कारणले अत्याधिक भिड रहेको छ । जलेश्वरनाथ मंन्दिरको जल बर्षको एक पटक मात्र सुकाउने चलन रहेको छ ।

खास गरेर महाशिवरात्रीका दिन ब्रत बस्ने चलन रहेको छ । कतिपय भक्तजनहरु निराहार बसेर भगवान शिबको उपासना गरिरहेका छन् । कतिपय ठाउँमा शिब चर्चा पनि भईरहेको छ ।

खास गरेर बिवाहित, अविवाहित महिला तथा पुरुषले पनि शिवको उपासना गर्ने चलन रहेको छ । अबिवाहित कन्याले शिव जस्तो पतिको कामना गर्ने मान्यता रहेकाले ब्रत गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button