सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको बागचौर नगरपालिका ९ धामिढुंगामा ना ६ त ९२१३ नम्बर ट्याक्टर गएराती दुर्घटना हुँदा रौतहट सन्तपुर नगरपालिका ६ का अलिम महम्मदको घटनास्थलमै मृत्यु भएको हो ।
सिरक डसनाको लागि टयाक्टर लिएर कपडा बनाउन गाउँमा पुग्ने क्रममा मजदुर तथा चालकको मृत्यु भएको अस्थानी प्रहरी चौकी पातिहान्नले जनाएको छ ।
घुम्तीमा मोड नपुगेपछि व्याक गर्ने क्रममा ट्याक्टर पल्टिएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्