राष्ट्रपतिबाट पुनःनिर्माण भएका सम्पदाको अवलोकन (फोटोफिचर )
काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले आज २०७२ को भूकम्पबाट क्षति भएको रानी पोखरीसहित अन्य सम्पदा पुनःर्निमाणको अबलोकन गर्नू भएको छ । राष्ट्रपति भण्डारीले आज बिहान रानी पोखरी पुग्नुभई त्यहाँ भईरहेको पुनःर्निमाण कार्यको अवलोकन गर्नुभएको हो ।
त्यस अवसरमा राष्ट्रिय पुनःर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली लगायतका अधिकारीहरुले राष्ट्रपति भण्डारीलाई रानीपोखरी पुनर्निमाणका बारेमा जानकारी गराउनु भएको थियो ।
राष्ट्रपति भण्डारीले आजै रानीपोखरीमा रहेको दरवार हाईस्कुलको नवर्निमित बिद्यालय भवनको पनि अवलोकन गर्नुभयो ।
आजै राष्ट्रपति भण्डारीले काठमाडौँको सुन्धारामा निर्माणाधिन धरहरा र बसन्तपुर क्षेत्रमा भईरहेको पुर्नर्मिाण कार्यको पनि अवलोकन गर्नुभयो ।
राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणका क्रममा काठमाडौँ महानगरका प्रमुख र उपप्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकृत सहभागी हुनुहुन्थ्यो । दरबार हाइस्कुल, काष्ठमण्डप र हनुमानढोका क्षेत्रमा राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी सहभागी हुनुहुन्थ्यो ।
तस्बिर : रासस
प्रतिक्रिया राख्नुहोस्