तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय १७ पुग्यो

काठमाडौं – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय १७ पुगेको छ । चीनको हुबेई प्रान्तबाट फैलन सुरु गरेको यस भाइरसले अहिले अन्य देशमा पनि देखिन थालेको छ । अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हङकङमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा मात्र हालसम्म कोरोना भाइरसको संक्रमण मा ३१ हजार २ सय जना परेका छन् । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ । चीनमा कोरोनम भाइरसको उपचारमा खटिएका एक डाक्टरको पनि मृत्यु भएको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि चीन सरकारले कडाई गरेको छ । चीनको वुहान सहरमा यातायात तथा बजार बन्द रहेका छन् । चीनको वुहानमा रहेका कुनै पनि विदेशीलाई आफ्नो मुलुक जान रोक लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button