तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया अस्पताललाइ हिटर प्रदान

बर्दिया । राष्ट्रिय बाणिज्य बंैक बर्दियाद्दारा बर्दिया अस्पताललाइ ५ थान हिटर प्रदान गरीएको छ ।

केही दिनदेखि शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बर्दिया लगायत तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । पछिल्लो केही दिनयता तापक्रम क्रमिक रुपमा घट्दै जाँदा बिरामीहरु झन् प्रभावित हुन थालेको भन्दै हिटर वितरण गरिएको हो ।

‘चिसोबाट बालबालिका तथा वृद्धवद्धा केहीसम्मको राहत मिलोस् भन्ने उद्देश्यले हिटर बितरण गरीएको’ राष्ट्रिय बाणिज्य बैंक बर्दियाका प्रमुख हिम खनालले जानकारी दिनुभयो ।

चिसो बढेपछि बर्दिया अस्पताल बिकास समितीका अध्यक्ष अंगत क्षेष्ठसंग समन्वय गरी बैंकले हिटर प्रदान गरेको खनालले बताउनु भयो ।
५० शैयाको बेड रहेको उत्तः अस्पतालमा ३६ बेड संचालनमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button