तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री बाँस्कोटाद्वारा टेलिकम सेवाका बारेमा जानकारी

धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कैलालीको अत्तरियास्थित नेपाल टेलिकम क्षेत्रीय कार्यालयको सोमबार

सो अवसरमा उहाँले नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशमा उपलब्ध गराइरहेको सेवाका बारेमा जानकारी लिनुभयो ।

कार्यालय प्रमुख नामाकर न्यौपानेले प्रदेशमा टेलिकमको सेवा विस्तार, गुणस्तर र हाल भइरहेको कार्यका बारेमा मन्त्री बाँस्कोटालाई जानकारी गराउनुभयो । टेलिकमले सुदूरपश्चिममा फोरजी सेवा विस्तार गर्नका लागि १४० टावर निर्माण गरिसकेको छ ।

निरीक्षणका क्रममा उहाँले गुणस्तरयुक्त सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन पनि दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button