तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा माओवादी मन्त्रीहरुद्वारा राजीनामा 

मोरङ । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा राजीनामा दिनुभएको छ ।  

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर र पर्यटन राज्यमन्त्री वन्दना झागरले राजीनामा बुझाउनुभएको हो । 

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आजै राजीनामा दिइएको बताउनुभयो । तत्कालका लागि सरकारलाई दिएको समर्थन भने कायमै रहने माओवादीले जनाएको छ । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सभामा  १३ जना सांसद हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button