तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: उखु किसानको बक्यौता रकम भुक्तानीमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको बिशेष समयमा बोल्दै सांसदहरुले समसामयिक बिषयमा धारणा राख्नुभयो ।

सांसद बद्रि पाण्डेले सरकारको समृद्धिको नारामा जनताको बिश्वास नरहेको बताउदै सरकारले आफ्नो दल र फरक दलको कार्यकर्तालाई भिन्न व्यवहार गरेको आरोप लगाउनु्भयो ।

सांसद कालीबहादुर मल्लले लामो राजनीतिक अस्थिरतापछि आएको स्थिरतामा सरकारले देश र जनताका लागि पर्याप्त कामहरु गरिरहेको दावी गर्नुभयो ।

सांसद ब्रिषेशचन्द्र लालले जनकपुरमा रेल सेवा सञ्चालन र उखु किसानको बक्यौता रकम भुक्तानीमा सरकारको ध्यानाकर्षण गराउनुभयो

सांसद रामनारायण बिडारीले भारतसँगको सीमा सम्झौता बिवाद समाधानका लागि भइरहेका कार्यहरुको जानकारी माग गर्नुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button