तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस एकजूट हुनुको विकल्प छैनः सभापति देउवा

जनकपुरधाम । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र रक्षाका लागि काँग्रेस एकजूट हुनुको विकल्प नरहेको बताउनु भएको छ ।

धनुषाको सबैलामा प्रजातन्त्र सेनानी बलराम नायकको श्रद्धाञ्जली सभामा आज सभापति देउवाले सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको आरोप लगाउँदै अहिले विभिन्न बहानामा संघीयतालाई कमजोर गर्ने खेल भैरहेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button