तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर

काठमाडौं । नियमित ऊर्जाको उपलब्धता, लगानीमैत्री वातावरण तथा निर्माण क्षेत्रमा आएको उत्साहजनक अवस्थाका कारण पछिल्लो समय नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको छ ।

नेपालमा १ करोड ५० लाख टन सिमेन्ट उत्पादन भइरहेको सिमेन्ट उत्पादक सङ्घ नेपालले जनाएको छ ।

नेपालमा हाल ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । तीमध्ये केही उद्योगले त आफँै क्लिङ्कर नै उत्पादन गरेर बिक्री समेत गरिरहेका छन् ।

सिमेन्टमा नेपाल आत्मनिर्भर बन्दा त्यसबाट व्यापार घाटा घटाउन समेत सहयोग पुगेको छ ।

देशभित्रै करिब ८० लाख मेट्रिक टन क्लिङ्कर उत्पादन हुँदै आएको छ ।

अर्घाखाँची सिमेन्ट उद्योगले ३ हजार मेट्रिक टन सिमेन्ट र ३ हजार मेट्रिक टन नै क्लिङ्कर उत्पादन गरिरहेको जनाएको छ ।

उद्योगका सञ्चालक पशुपति मुरारकाले बजारमा सिमेन्टको माग नबढेका कारण उद्योग ५० प्रतिशत क्षमतामा मात्रै चलाइरहेको बताउनु भयो ।

नेपाली उद्योगले उत्पादन गरिरहेको सिमेन्ट भारत निर्यातका लागि सरकारले सहजीकरण गरिदिनु पर्नेमा मुरारकाको जोड छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button