तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको नेपाली काग्रेंस केन्द्रीय समितिको बैठक आज बोलाइएको छ ।

अपरान्ह १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रिय समितिको बैठक आज शुक्रबारका लागि बोलाइएको हो ।

विभाग गठन, नेविसंघलगायतमा भागवण्डा नमिल्दा हिजोका लागि निर्धारण गरिएको बैठक आजका लागि सारिएको हो ।

सहमति जुट्न नसकेपछि केन्द्रिय समिति बैठक चारपटकसम्म स्थगित भैसकेको छ । गत मंसिर २६ गतेबाट सुरु बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गर्नुभएको ९ वटा एजेण्डाका अधिकांश बुँदामा असहमति जनाउँदै संस्थापन इतरपक्षले बैठक बहिस्कार गर्दै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button