तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक विकासका चाहनालाई मध्यनजर गर्दै परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरि ठानी अन्य राष्ट्रहरूसँग नेपालको सम्बन्धलाई गरिमामय र उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्ण पूर्व राजदुतहरू स्मरण योग्य रहनुभएको बताउनुभएको छ ।

नेपाल पूर्वराजदूत सङघद्वारा आज राष्ट्रपति भवनमा आयोजित जेष्ठ पूर्वराजदूत सम्मान समारोहमा उहाँले भू–राजनीतिक अवस्था र आर्थिक विकासका चाहनालाई मध्यनजर गर्दै परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको परराष्ट्र नीतिको मूल मर्म सबैसँग मित्रता भएको बताउदै विश्वलाई नै मित्रताको सम्वन्धमा गास्ने लक्ष्यका साथ नेपाल अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको राजनीतिक सक्रमणको समयमा मुलुकको छवीलाई माथि बढाउन पूर्व राजदूतबाट महत्वपूर्ण भूमिका निर्वाह भएको बताउनुभयो ।

नेपाल पूर्वराजदूत सघका अध्यक्ष डा. शम्मुराम सिङखडाले नेपालजस्ता साना मुलुकले कुटनीतिक चलाखीबाट आफनो स्वार्थ र राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ पूर्वराजदूत योगप्रसाद उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, कमल कोइराला र प्राध्यापक डा. मोहन लोहनीलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button