तपाईँ सुन्दै हुनुहुन्छः

पशुपक्षी तथा मत्स्य विमा कार्यक्रम प्रभावकारी बन्न नसेकोमा सरोकारवालाको चिन्ता

फाइल तस्बिर

जनकपुरधाम । पशुपक्षी तथा मत्स्य विमालाई प्रभावकारी बन्न नसेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेको छ ।

भेटेनरी अस्प्ताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले सरोकारवालाहरुको सहभागितामा जनकपुरधाममा गोष्ठीको आयोजना गरेको कार्यक्रममा यस प्रति किसान तथा विमा कर्ताको अभिरुची बढाउनु पर्ने आवश्यकतामा जोड दिनु भएको छ ।

सरोकारवाला बिभिन्न क्षेत्रका सहभागितामा भएको सो कार्यक्रममा पशुपक्ष तथा मत्स्य विमा प्रभावकारी नबनेकोमा चिन्ता व्यक्त यसलाई प्रभावकारीता दिएको खण्डमा यसले उत्पादनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी भएका किसानहरुले विमा गर्ने कम्पनीहरुले विमा दावी गर्दा पनि क्षतिपूर्ती दिन आनाकानी गर्ने गरेको गुनासो गर्नु भएको छ ।

नीर्जिवन विमा अन्तर्गत रहेको पशुपक्षी विमा बापत सरकारले पनि विमा कम्पनीहरुलाई रकम दिएकोले सहज किसिमले विमा तथा क्षतिपूर्ती उपलब्ध गराई दिनका लागि अधिकारीहरुले आग्रह गर्नु भएको छ ।

पशुपक्षी विमा गर्नेको संख्या कम रहेको छ त्यसमा पनि भएकालाई पनि क्षतिपूर्ती नदिएको खण्डमा विमा गराउनेको संख्यामा कमी आउने तर्फ विमा कम्पनीहरुको ध्यानाकर्षण गर्ने कामकाज भएको छ ।

प्रदेश नंं २ का पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादवले पशुपंक्षी तथा मत्स्यको उत्पादन बढाउनका लागि पनि विमा गर्ने तथा बिमित किसानलाई क्षति भएको खण्डमा क्षतिपूर्ती दिनका लागि विमा कम्पनीहरुलाई आग्रह गर्नुभयो ।

सुपर जोन कार्यालयका धनुषाका प्रमुख एवं बरिष्ठ मत्स्य विकास अधिकृत युगल किशोर तिवारीले विमा गरेका किसानलाई पशु विमा वापतको क्षति पूर्ती दिने गरेको भएपनि मत्स्य तथा पक्षी विमा दिनमा विभिन्न बहाना गरेर नदिएको गुनासो आउने गरेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न विमा कम्पनीका सञ्चालकहरुले निर्जीवन विमा गराउनका लागि आफूहरुले प्रोत्साहन दिने कामकाज गरेको दावी गर्नु भएको थियो ।

विमा कम्पनीहरुले आफूहरुले विमा गर्नेदेखि क्षतिपूर्तीको कामकाज पनि गरेको दावी गरेका छन् । यसरी धारणा राख्नेहरुमा प्रोडेन्सीमल ईन्स्योरेन्स कम्पनीका हेमन्त कोईराला, निकोन ईन्स्योरेन्स कम्पनीका सुरेन्द्र कुमार सिंह रहनु भएको छ ।

भेटेनरी अस्प्ताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. शम्भु साहको अध्यक्षतामा भएको सो कार्यक्रममा पशुरोग अन्वेषण प्रयोगशालाका डा. राकेश मोहन सिंहले पनि आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बरिष्ठ पशु चिकित्सक डा. शम्भु साह, पशु चिकित्सक ईन्द्रदेव साह तथा जागेश्वर यादवले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमामा पशुपक्षी मत्स्य पालक किसानहरु, लाइन एजेन्सीहरु, विमा कम्पनीहरु, स्थानीय निकायका पदाधिकारीहरु पनि सहभागि रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button