तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग विपक्षी दलका नेताको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथ प्रधानमन्त्री निवासमा भएको भेटमा समसामयिक विषयमा विचारविमर्श भएको थियो ।

भेटबारे विस्तृत विवरण नदिए पनि उक्त भेट नियमित भएको प्रतिक्रिया प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button