तपाईँ सुन्दै हुनुहुन्छः

९६ वटा कानून संशोधन गर्न सरकारलाई निर्देशन

विकास तथा प्रविधि समितिले सूचनाको हकसँग बाझिएका ९६ वटा कानून संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले निजी क्षेत्रमा पनि सूचनाको हक कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति कल्याणी कुमारी खड्काले जानकारी दिनुभयो ।

यसैगरी बैठकले तीन–तीन महिनामा सूचना सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्थाको पूर्ण पालना गर्न समेत कार्यालय तथा निकायहरुलाई निर्देशन दिएको छ ।

बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगबाट भएका काम कारवाहीका विषयमा समितिमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button