तपाईँ सुन्दै हुनुहुन्छः

‘मानव बेचबिखन हुन नदिन सरकारले गरिबी निवारण गर्ने कामलाई जोड दिने’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन हुन नदिन सरकारले गरिबी निवारण गर्ने कामलाई जोड दिएको बताउनु भएको छ ।

मन्त्री गुरुङले मानव बेचबिखन हुनुको मुख्य कारण गरिबी रहेको औंल्याउँदै त्यसको अन्त्य गर्ने अभियानमा अघि बढेका सबै संघ, संस्थासँग सहकार्य गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । ‘मानव बेचबिखनको मुख्य कारण गरिबी हो,’ आज काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नुभयो, ‘मानव बेचबिखनलगायतका घटना हुन नदिन गरिबी निवारणको क्षेत्रमा इमान्दार भएर काम गर्न म सबै सामाजिक संघ, संस्थाहरुलाई आग्रह गर्दछु ।’ मन्त्री गुरुङले मानव बेचबिखनविरुद्धको अभियानमा उत्कृष्ट काम गर्ने संघ, संस्थालाई सरकारले पुरस्कृत गर्ने र त्यस अभियानको नाममा गलत काम गर्ने संघ, संस्थालाई कडा कार्वाही गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा विज्ञहरुले मानव बेचबिखन र महिला हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन त्यसका कारणहरुको खोजी गर्नुपर्ने आवश्यक्ता औंल्याएको थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button