तपाईँ सुन्दै हुनुहुन्छः

देउखुरीलाई कृषि सुपर जोन बनाउन अध्ययन

तुलसीपुर-प्रदेश नं ५ सरकारले दाङको देउखुरी क्षेत्रमा कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न विशेष अध्ययन सुरु गरेको छ । देउखुरीमा रेशम सुुपरजोन, भैँसी तथा माहुरीको स्रोतकेन्द्रका रुपमा विकास गर्न सम्भाव्यता अध्ययनन शुरु गरेको छ । किट विकास केन्द्रका प्रमुख हरिहर अधिकारी, प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ अधिकृत श्रीधर ज्ञवाली, कार्यक्रम अधिकृत जगन्नाथ शर्मा, प्रदेशसभा सदस्य इन्द्रजित थारूले शनिबार स्थलगत अध्ययन गर्नुभयो ।

काभ्रेको खोपासीमा रहेको स्रोतकेन्द्र आगामी दिनमा क्रियाशील हुुन नसक्ने भएपछि सरकारले वैकल्पिक स्थानको खोजी गरेको जनाइएको छ । प्रदेश नं ५ अन्तर्गत दाङ देउखुरीको गढवामा रेशमखेतीको स्रोतकेन्द्र सञ्चालन गरी दाङलाई नेपालकै रेशम स्रोत केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुरुप जग्गाको खोजीमा लागेको किट विकास केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

गढवामा हाल ११ किसानले कृृषिफार्म दर्ता गरेर झण्डै ६० बिघा क्षेत्रफलको जग्गामा रेशमखेती गरिरहेका छन् । गढवालाई रेशम सुपरजोनको रूपमा नेपाल र विश्वमै चिनाउने गाउँपालिकाको लक्ष्य रहेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो । हाल गढवाको वडा नं १ बनबारी, वडा नं ३ गोबरडिहा, वडा नं ४ हडैया र लमही नगरपालिका–६ ढिकपुरमा गरी झण्डै ६० बिघा क्षेत्रफलमा रेशमखेती भइरहेको नमूना रेशमखेती फार्मका अध्यक्ष रामलक्ष्मण शाहले जानकारी दिनुभयो ।

प्रदेश सरकारले गढवालाई रेशमखेती स्रोत केन्द्र, देउखुरीकै राजपुर गाउँपालिकालाई भैँसीपालन स्रोत केन्द्र, घोराहीलाई मौैरीपालनको स्रोत केन्द्रका रूपमा छनोट गरेको मन्त्रालयका अधिकृत श्रीधर ज्ञवालीले बताउनुभयो । घोराहीमा माघी महोत्सव हुने थारू कल्याणकारिणीसभा दाङको मुख्य आयोजना र विभिन्न सङ्घसंस्थाको सहआयोजनामा दाङको घोराहीमा माघी महोत्सव हुने भएको छ ।

थाकस दाङका अध्यक्ष भुवन चौधरीले दिएको जानकारीअनुसार शनिबार घोराहीमा भएको भेलाले यही पुस २५ र २६ गते घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सवमा दाङ जिल्लाभरिका विभिन्न गाउँहरुको मघौटानाच, बर्कानाचसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने थाकस दाङका सचिव प्रकाश चौधरीले जानकारी दिनुभयो । साथै महोत्सवमा थारू जातिका विभिन्न मौलिक खानपिनको संवाद एवं थारू हस्तकला र थारू संस्कृति झल्कने विभिन्न सामग्रीको प्रदर्शनीसमेत रहने बताइएको छ ।

 

यसैबीच महोत्सवलाई सफल बनाउन थाकस दाङका सभापति भुवन चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जेसिजको अध्यक्षमा सुनार दाङको तुलसीपुर नगर जेसिजको अध्यक्षमा मोहन सुनारलाई चयन गरिएको छ । जेसिज वर्ष २०२० का लागि सुनारलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको हो ।

साथै कार्यकारिणी उपाध्यक्षमा एकराज भण्डारी र पूर्णबहादुर डाँगी, उपाध्यक्षमा मेघराज पोखरेल, वसन्त भण्डारी, कृष्ण पोखरेल, मदन गौतमलाई चयन गरिएको छ । त्यस्तै सचिवमा छविकुमार ओलीलाई सर्वसम्मत चयन गरिएको हो । जेसिज तुलसीपुरको सातौँ अधिशनले नयाँ कार्यसमिति चयन गरेको प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो । नवनिर्माचित अध्यक्ष निर्वाचित अध्यक्ष सुनारले युवाहरुलाई एकढिक्का बनाएर लैजाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button