तपाईँ सुन्दै हुनुहुन्छः

मकैमा लाग्ने अमेरिकन फौजी किरा व्यवस्थापन सम्बन्धी जनप्रतिनिधिलाई प्रशिक्षण

बीरगंज । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको आयोजनामा आज परवानीपुरमा मकैमा लाग्ने अमेरिकन फौजी किरा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बाराका १६ वटा स्थानीय तहका प्रमुख,उपप्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । प्रशिक्षणमा फौजी किरा लाग्ने कारण, बालीलाई जोगाउने विषयमा बाली विशेषज्ञहरुले तालिम दिएका थिए ।

प्रशिक्षण कै क्रममा जनप्रतिनिधिहरुलाई बाराको बलुवा गाउँमा लगाईएको मकै खेतीमा देखिएको फौजी किराको आक्रमण र त्यसको रोकथामको बारेमा स्थलगत अवलोकन गराईएको थियो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका प्रमुख केशव प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल, प्रसौनी गाउँपालिकाका प्रमुख भोला कलवार, परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साह लगायतको सहभागिता थियो ।

प्रशिक्षणमा राष्ट्रिय मकैवाली चितवनका बैज्ञानिक घनश्याम भण्डारीले फौजी किराको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button