तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ घर भई हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टीकानारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् । ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार बिहान अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button