तपाईँ सुन्दै हुनुहुन्छः

आज बुधबार हेर्नुहोस् कति छ सुनको मूल्य ?

काठमाडौँ । आज (बुधबार) सुनको भाउ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला १ सयले बढ्दै ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ सयले बढेको छ । आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button