तपाईँ सुन्दै हुनुहुन्छः

अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा

दाङ । दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ ।

कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् ।

दाङकाु घोराही उपमहानगरपालिकामा रहेका ५ हजार २१९ प्रतिष्ठानमध्ये ३ हजार ८० वटा दर्ता भएर सञ्चालन गरेको पाइएको छ भने २ हजार १३९ दर्ता हुन नसकेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

लमही नगरपालिकामा १ हजार ३४३ उद्योग रहेकोमा ७६२ दर्ता भएका छन् भने ५८१ दर्ता नभएको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button