तपाईँ सुन्दै हुनुहुन्छः

उपकरण अभावका कारण सर्पदंश उपचारमा समस्या

सप्तरी । ठुलो संख्यामा उपचारका लागि विरामी आउने गरेको सप्तरीको खडक नगरपालिका स्थित सर्पदंश उपचार केन्द्रमा उपकरण अभावका कारण सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

केन्द्रलाई आवश्यक पर्ने प्यासेन्ट मोनिटर नभएका कारण यस्तो समस्या आएको हो । करिव ३ लाख मुल्य पर्ने प्यासेन्ट मोनिटर नहुँदा अलि जटिल प्रकृतिका सर्पदंशका विरामी उपचार गर्न अप्ठ्यारो हुने गरेको केन्द्रका प्राविधिक चन्द्रवहादुर कठायतले जानकारी दिनुभयो ।

विरामीको मुटुको धड्कन, पल्स रेट लगायतको अवस्था थाहा पाउन प्यासेन्ट मोनिटर अत्यावस्यक रहेको भएपनि सोको अभावले अनुमानका आधारमा उपचार गर्नु परेको वहाँको भनाई छ ।

वडा नं. ७ स्थित खानेपानी योजनाको खाली जग्गामा नेपाली सेनाको राजविराज स्थित भिम दल गणले एक टुकडि राखेर गत असार १७ गतेदेखि सर्पदंश उपचार केन्द्र संचालनमा ल्याएको हो । केन्द्र रहेको दुई कोठे भवन पनि जिर्ण भएका कारण पानी चुहिने गरेको संचालन तथा ब्यवस्थापन समितिका संयोजक उसमान मियाँले वताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button