तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडाैँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् । भने दिउँसाे हुने दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पहिलो खेलमा चारै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button