२०७९ साल साउन २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृत्यु भएका १५ मध्ये १४ जनाको सनाखत

चिरञ्जीवी मास्के २०७६ मंसिर २९ गते १८:३१

दोलखा । सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका वडा नम्बर ७ मा पर्ने ६ किलो भन्ने ठाँउमा आईतवार (आज) विहान भएको बस दुर्घटनाका मृतक १५ जना मध्ये ६ जनाको सनाखत भएको छ । दुर्घटनामा १२ जनाको घट्नास्थलमा र तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु भएको दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ को २८ बर्षिय मञ्जु तमाङ, दोलखा भीमेश्वर नगरपालिकाकै ३७ बर्षिय जुनु तमाङ, सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को ७ बर्षिय सविना तमाङ, २८ बर्षिय सुकबहादुर तमाङ, रामेछाप उमाकुण्ड गाँउपालिका वडा नम्बर ५ को २८ बर्षिय महेश तमाङ र भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ८ को ३२ बर्षिय चिनु वस्नेतको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले बताउनुभयो ।

त्यसैगरी सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को १५ बर्षिय रोशनी तमाङ, ३० बर्षिय रेश्मा तमाङ, दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ६ का १० बर्षिय रञ्जीत वस्नेत, सिन्धुपाल्चोक लिशंखुपाखरको ५५ बर्षिय गंगामाया तमाङ, सिन्धुपाल्चोक बलेफि ७ को ३५ बर्षिय फुलमाया तमाङ, दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ को लक्ष्मी श्रेष्ठ, काभ्रेपलाञ्चोक बेथानचोक ५ को रामशरण खत्री, ३५ बर्षिय मैया केसी र रामेछाप सुनापाती ६ को ४२ बर्षिय जुनुमाया तमाङको पनि सनाखत भएको छ । एक जना महिलाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शनिबार दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर सिन्धुपाल्चोकको मूडेमा बसेको बा ४ ख ४४६८ नम्बरको बस आईतवार (आज) विहान भक्तपुर फर्कदै गर्दा सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका वडा नम्बर ७ को ६ किलो भन्ने ठाँउमा दुर्घटनामा परेको थियो । उक्तबस शनिबार विहानै भक्तपुरको आर्दशबाट कालिञ्चोक गएको थियो ।

दुर्घटनामा १८ जना घाईते भएको र उनीहरुको काठमाडौँ, धुलिखेल र सिन्धुपाल्चोकको सदावहार अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक खनालले बताउनुभयो । मृतक आठ महिला, तीन पुरुष, एक बालिका र दुई बालक मध्ये अधिकांश सिन्धुपाल्चोक जुगल गाँउपालिकाको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको घाइतेहरुमा सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को ३६ बर्षिय गंगामाया तमाङ, उनको दुई बर्षको छोरी आयुषा तमाङ, २२ बर्षको धनकाजी तमाङ, २४ बर्षको रञ्जीता तमाङ, २६ बर्षको हरिमाया तमाङ, ३७ बर्षको दोर्जे तमाङ, १६ बर्षको सागर तमाङ, ३० बर्षको दिपक तमाङ, २४ बर्षको नैना तमाङ, दोलखा शैलुङ् गाँउपालिका वडा नम्बर २ को सहचालक गिपलव तमाङ, भक्तपुरको सागर केसी र ठाँउ र नाम नखुलेको ५÷६ महिनाको एक बालिका रहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो ।

घाईते मध्यै सहचालक गिपलव तमाङ, सागर केसी, दोर्जे तमाङ र सागर तमाङलाई उपचारको लागि काठमाडौँ पठाईएको, चार जनाको धुलिखेल अस्पतालमा उपचार भईरहेको र बाँकी घाईतेको सिन्धुपाल्चोक खाडीचौरको सदावहार अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चालक सिन्धुपाल्चोकका सुमन तमाङ सम्पर्कमा नआएको र उनको खोजी भईरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमकला पाण्डेले जानकारी दिनुभयो ।

सम्बन्धित