तपाईँ सुन्दै हुनुहुन्छः

अलैंचीको भाउ उठाउनै मुश्किल भएको किसानको गुनासो

पर्वत । पर्वतमा अलैँची खेती गर्दै आएका किसानले मुल्यमा आएको गिरावटका कारण भाउ उठाउनै मुस्किल भएको गुनासो गरेका छन् ।

तीन वर्ष अगाडी प्रतिमन एक लाख २५ हजारमा विक्री गर्दै आएको अलैँची अहिले प्रतिमन मुस्किलले २३ हजारमा विक्री हुने गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा खेती विस्तार गरेका किसान एकाएक मुल्य घटेपछि परिश्रम अनुसारको भाउ नपाएको भन्दै चिन्तामा परेका हुन् । जिल्लाको ७ सय हेक्टर जमिनमा अलैँची खेती बिस्तार भैसकेको छ ।

केही वर्ष अघिसम्म निकै आकर्षण रहेको यसको खेती प्रति पछिल्लो समय किसानको विकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

मुल्यमा गिरावट आएपछि किसानहरुले अलैँची गोदाममा थन्काएर राखेका छन् । भंगारा बेतनीका यूवराज सुवेदीले बजारमा भाउ घटेपछि मर्कामा परेको र ८० किलो अलैँची थन्काएर राखेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button