तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक ए डिभिजन लिगः मछिन्द्रको विजयी शुरुवात

राजेन्द्र विक्रम शाही । काठमाडौंमा शनिबारदेखी शुरु सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र क्लबले बिजयी सुरुवात गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा बिग्रेड ब्वाइज क्लब बिबिसीलाई २ –० गोल अन्तरले पराजित गदैं मछिन्द्रले विजयी शुरुवात गरेको हो । मछिन्द्रको जितमा दिपक राई र योगेश गुरुङले १– १ गोल गरे ।

मछिन्द्रका योगेशले खेलको ३० औ मिनेटमा हेड मार्फत गोल गरे भने अर्को गोल ५० औ मिनेटमा दिपक राईले गदैं जित सुनिश्चित गरे । शनिबारको खेलमा म्यान अफ दि म्याच बिशाल राई भए ।

उद्घाटन खेल दशरथ रंगशालामा हुने भनिएपनि बर्षाका कारण मैदान भिजेर खेल्न योग्न नभएपछी सातदोबाटो सारिएको हो ।

यस पटक सहिद स्मारक ए डिभिजन लिगमा १४ क्लबले ९१ खेल प्रतिस्पर्धा गर्नेछन ।

उपाधि बिजेताले ५० लाख, उपबिजेताले ३५ लाख, तेस्रो स्थान प्राप्त गर्नेले २५ लाख,चौथोले १५ लाख,पाँचौले ७ र छैठौले ५ लाख रुपैया पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button