तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर मेयर कपः भोजपुर नगरपालिका विजयी

भोजपुर । भोजपुरको सदरमुकाम स्थित स्थानीय टुँडिखेलमा जारी तेस्रो भोजपुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत शनिबार भएको प्रि–क्वाटर फाइनलमा दिक्तेल रुपाकोट मझुवा नगरपालिकालाई भोजपुर नगरपालिका ११ आम्तेकले ३–१ गेल अन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा आइतबार पहिलो खेल भोजपुर नगरपालिका ९ र भोजपुर नगरपालिका १ विच हुनेछ भने दोश्रो खेल अरुण गाउँँपालिका र भोजपुर ७ विच हुने हाम्रा संवाददाता निरोज कोइरालाले जनाएका छन् ।

प्रतियोगितामा उपाधि विजेताले ५ लाख, दोस्रोले ३ लाख सहित मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने जिल्ला फूटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो ।

तेस्रो मेयर कप प्रतियोगितामा १५ टिमको सहभागीता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button