तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा एक करोड ४४ लाखमा स्वास्थ्य चौकी निर्माण

तनहुँ । तनहुँको व्यास नगरपालिकाको हरेक वडामा एक/एक वटा स्वास्थ्य चौकी स्थापना गर्ने अभियानको साथ व्यास १३ पोखरी भञ्ज्याङमा नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले स्वास्थ्य क्षेत्रको विकासको लागि नगरपालिका सधैं प्रतिबद्धता रहने बताउनुभयो । स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकोले यसका लागि भौतिक संरचनाको संरक्षण लगाएत यससंग सम्बन्धित विषयमा सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागको प्रत्यक्ष सहभागितामा १ करोड ४४ लाख दुई हजार नौ सय २७ रुपैयाँकोलागतमा ६ कोठे आवाससहितको स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । उक्त आयोजनाको निर्माण कार्य गत वर्ष २०७३र७४ मा सुरु भई चालु आर्थिक वर्ष २०७६र७७ मा सम्पन्न भएको हो ।

भवन निर्माण गर्नको लागि जग्गा प्रदान गर्ने जग्गादाता ईश्वर प्रसाद पाण्डेको परिवार र स्थानीय वन समिति एवं स्वास्थ्य स्वंयम सेविकाहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

व्यास नगरपालिका वडा नं १३ का वडा अध्यक्ष लेखबहादुर रानाको सभापत्तित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व ने.का तनहुँ जिल्ला सभापति रघुनाथ पौडेल, प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ एवं नेपाली कांग्रेस जिल्ला सचिव बिश्व बाँस्तोलालगायत उपस्थिति थियो ।

भवन उद्घाटनको अवसरमा नगरप्रमुख वैकुण्ठ न्यौपानेको नेतृत्वमा व्यास १३ बेनीकोटस्थित सिद्द गुफाको अवलोकन पनि गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button