तपाईँ सुन्दै हुनुहुन्छः

पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइयो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई शुक्रबार नगर परिक्रमा गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहान ११ बजे सुरु भनिएपनि चिसो मौसमका कारण ढिला गरी मात्र र्याली सुरु भएको थियो ।

राखेपले सागका पदाधिकारी खेलाडीलाई उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर भक्तपुरका विभिन्न स्थानमा परिक्रममा गराउने बताएको पनि मौसमका कारण छोटो अवधिमा समापन गरेको थियो ।

सागको इतिहासमा नेपालले यस पटक सबैभन्दा बढी स्वर्ण पदक जितेको छ । ५१ स्वर्ण पदक जितेको नेपालले ६० रजत र ९५ कास्य गरी २ सय ६ पदक जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button