तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ का विभिन्न जिल्लाहरुमा हल्का वषासँगै चिसो बढ्यो

जनाकपुरधाम । पश्चिमी न्यूनचापीय वायुको प्रभावले जनकपुरधामसहित प्रदेश नंं २ को विभिन्न जिल्लाहरुमा आज हल्का वर्षासंगै चिसो बढेको छ । धनुषा, महोत्तरी, सर्लाही तथा सिरहा जिल्लामा पनि सामान्य वर्षा भएको छ ।

बिहान देखि पश्चिमी वायुुसंगै दिउँसोबाट हल्का वर्षा भएपछि चिसो बढेपछि न्यानो तथा बाक्लो कपडाको बिक्री वितरण बढेर गएको छ । खास गरेर चिसो बढेपछि रुघा खोकी लाग्ने क्रम बढेर गएको छ ।

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा चिसोबाट प्रभावित भएर उपचारका लागि आउने बालबालिकाको संख्यामा बृद्धि भएको छ ।

आज भएको हल्का वर्षाबाट तेलहन तथा दलहन बालीका साथै गहु बालीमा भने फाईदा पुग्ने भएको छ ।

त्यस्तै वर्षाका कारणले सडकमा उड्ने धुलाबाट सर्वसाधारणलाई थोरै भएपनि राहत मिलेको छ । कच्चि तथा अर्धपक्की सडकहरुमा धुलो अत्याधिक मात्रामा उड्ने गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button