तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा र हिमपातले जनजीवन प्रभावित 

अमरगढी –  वर्षाले जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लामा हिमपात भएको छ ।  हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका पहाडमा हिमपातका कारण जनजीवन प्रभावित बनेको हो ।

रातिदेखि शुरु भएको वर्षाका कारण चिसो बढ्दै गएपछि परेको हिमपातले जिल्लाका सुदूपहाडको प्रवेशद्वार डडेल्धुराको भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । सवारी साधन सञ्चालन नआएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

चिसोका कारण पाँच वर्षमुनिका बालबालिकालाई नियोनिया हुन सक्ने भएकाले न्यानो पारेर राख्न र झोलिला खानेकुरा प्रशस्त खुवाउन चिकित्सकहरुले सुझाव दिएका छन् । यस वर्ष हिउँदयाममा समयमा वर्षा भएका कारण हिँउदेबाली सप्रिने भन्दै किसान भने खुशी भएका छन् ।

यतिबेला परेको पानीले गहुँ, जौ लगायतका अन्नबाली तथा लगायतका फलफूललाई राम्रो गर्ने कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको पहाडी राजमार्ग भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्डे र साँहु खर्कमा बढी हिमपात भएपछि पहाडी जिल्ला जोड्ने यातायात बन्द भएको बताइएको छ ।

यसैगरी बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे र बैतडी–दार्चुला सड्क खण्डअन्तर्गत सतबाँझमा हिमपात हुँदा उक्त सडकसमेत बन्द भएका छन् । तापक्रम घट्दै जानाका साथै मौसम पनि बिग्रँदो अवस्थामा रहेको बताइएको छ ।

बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले गर्दा इन्टरनेटलगायतका सञ्चार सेवामा समेत अवरुद्ध भएका छन् भने हिमपातले लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्न असहज भएको उग्रतारा यातायात प्रालिले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button