तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ आयोजना गरिने

पोखरा । गण्डकी प्रदेशको पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ आयोजना गरिने भएको छ ।

प्रदेशका व्यवसाय प्रवर्द्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ गतदेखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पर्यटन उद्योगका लागि धेरै सम्भावना रहेको पोखरामा आउने पर्यटकलाई स्थानीय उत्पादन तथा संस्कृतिबारे जानकारी गराउन मेला महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button