तपाईँ सुन्दै हुनुहुन्छः

११ किलो चरेशसहित मोटरसाईकल बरामद

बीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ ओरिया खोला नजिकैबाट सशस्त्र प्रहरीले मोटरसाइकलको सिटमुनी लुकाएर भारततर्फ लेजाँदै गरेको अवस्थामा ११ किलो ग्राम चरेश बरामद गरेको छ ।

जगरनाथपुर गाउँपालिका–१ स्थित ओरिया खोला क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले ११ केजी चरेश बरामद गरेको हो ।

मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लैजादै गरेको अवस्थामा सो परिमाणको चरेश बरामद भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी निरीक्षक निरञ्जन नायडु नेतृत्वको गस्ती टोलीलाई देखेर भारतीय नम्बर बीआर २२ जेड ३१२९ नम्बरको मोटरसाइकल छोडेर अज्ञात व्यक्ति भागेका थिए । सशस्त्र प्रहरीले मोटरसाईकल चेकजाँचका क्रममा सिटमुनी लुकाएर राखिएको अवस्थामा चरेश बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक कुवरले बताउनुभयो ।

चरेशसहित मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button