तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षकको लिखित परिक्षा तीन चरणमा, ४० अंक ल्याउनैपर्ने

काठमाडौं । अब स्थायी शिक्षक हुनका लागि तीन चरणमा परिक्षा दिनुपर्ने भएको छ । गत असोज १३ गते संशोधन भएको शिक्षक सेवा आयोग नियमावली २०५७ (१० औं संशोधन) ले तीन चरणमा परिक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।

जस अनुसार अब सामान्य परीक्षा– एक सय पूर्णाङ्क र विषयगत परीक्षा– एक सय पूर्णाङ्कको दिनुपर्ने व्यवस्था गरेको छ । यस्तै अन्तरवार्ता –२५ पूर्णाङ्कको व्यवस्था गरेको छ । शिक्षक सेवा आयोग नियमावलीको नियम १८ मा यि तीन चरण सबै उम्मेदवारहरुकोे लागि अनिवार्य गरेको छ । साथै नियमावलीको दशौ संशोधनले २५ पूर्णाङ्क प्रयोगात्मक परिक्षाको पनि व्यवस्था गरेको छ । तर प्रयोगात्मक परिक्षा सबैको लागि अनिवार्य छैन् । तर, विषयको प्रकृति हेरी आवश्यक ठानेमा आयोगले प्रयोगात्मक परीक्षा लिनेछ, भन्ने व्यवस्था नियमावलीमा प्रष्ट गरेको छ ।

 

यस्तै नियमावलीले परिक्षामा कति अङ्क ल्याए उत्तीर्ण हुने भन्ने बारेमा पनि प्रष्ट व्यवस्था गरेको छ । नियमावलीको दशौ संशोधनले सामान्य परीक्षाको उत्तीर्णाङ्क पचास अङ्क, विषयगत परीक्षाको उत्तीर्णाङ्क चालीस अङ्क तथा अन्रवार्ता र प्रयोगात्मक परिक्षको उत्तीर्णाङ्क दश अङ्क हुनेछ, भन्ने व्यवस्था पनि प्रष्टरुपमा गरिदिएको छ । अब शिक्षकले स्थायी हुनको लागि सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नै पर्ने व्यवस्था नियमावलीले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button