तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा घट्यो सुनको भाउ

काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।आइतबार प्रतितोला ७१ हजार २ सय रुपैंयामा भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला २ सयले घट्दै ७१ हजार रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घट्दै ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button